२७३ जनालाई शाखा अधिकृतमा रोजगारीको अवसर

२७३ जनालाई  शाखा अधिकृतमा  रोजगारीको अवसर
२७३ जनालाई  शाखा अधिकृतमा  रोजगारीको अवसर

 लोकसेवा आयोगको केन्द्रीय कार्यालय,कमलपोखरीले २०८० मंसिर २८ गते सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह को २७३ पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको छ ।

लोकसेवाद्वारा जारी सूचनामा २७१ जना निजामति सेवा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत  र २ जना राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत गरी २७३ जना अधिकृत छनौटका लागि विज्ञापन गरेको छ । दरखास्त दिने अन्तिम मिति २०८० पौष १७ गतेसम्म  रहेतापनि  २०८० पौष २४ गते सम्म दोब्बर दस्तुर तिरी उम्मेदवारहरुले दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । नियमानुसार छनौटका लागि दरखास्त पेश गर्ने उम्मेदवारहरुको  २०८० चैत्र १७ देखि २६ गतेसम्म लिखित परिक्षा हुने लोकसेवाद्वारा जारी सूचना उल्लेख गरिएको छ । लोकसेवा आयोगद्वारा जारी राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी थप सूचनाको लागि https://psc.gov.np/assets/uploads/files/bkm.pdf

Files